
नायिका पूजा हेग्डेको करिअर पछिल्लो केही समयदेखि चम्किएको छ । बलिउड र साउथका सुपरस्टारहरुसँग काम गरिरहेकी पूजाका लागि करिअरको विशेष समय पनि चलिरहेको छ ।
पूजाले अभिनय गरेका चलचित्रहरुले कुनै एक क्षेत्रमा भन्दा पनि भारतभर नै चर्चा पाइरहेका छन् । यसैले पनि उनी बलिउड र साउथका निर्माताहरुको रोजाइमा छिन् ।
पूजाले नायक सलमान खानसँग चलचित्र ‘कभी ईद कभी दिवाली’, नायक रणवीर सिंहसँग ‘सर्कस’मा काम गर्ने पक्का भैसकेको छ । यस्तै, उनी नायक प्रभाषको साथमा ‘राधे श्याम’मा पनि काम गर्दैछिन् ।
करिअरमा पाइरहेको अवसरको बिषयमा पूजा भन्छिन्–‘व्यवसायिक रुपमा मेरा लागि यो महत्वपूर्ण र उत्साहित हुने क्षण हो । मैल त्यो काम गरिरहेको छु जुन सधै म गर्न चाहन्थेँ । मैले ती मानिसहरुसँग काम गरिरहेको छु, जो मानिससँग म सधै काम गर्न चाहन्थेँ । दर्शकले मेरो कडा मिहिनेतलाई वुझ्नुभएको छ भन्ने लागेको छ ।’
पूजाले आफ्ना फ्यान र परिवारको साथका कारण नै करिअरमा सफलता पाएको बताएकी छिन् ।
प्रतिक्रिया 4