Comments Add Comment

मलायालम फिल्म ‘हेलेन’को रिमेकमा जान्हवी

चलचित्र ‘गुञ्जन सक्सेना’मा काम गरेपछि बलिउड नायिका जाहान्वी कपुरको चर्चा निकै चल्यो । यो चलचित्रमा उनले गरेको अभिनयको प्रशंसा पनि भयो । डिजिटल प्लेटफर्ममा रिलिज भएको चलचित्रलाई दर्शकले रुचाए ।

चलचित्र ‘गुञ्जन सक्सेना’ हिट भएपछि जाहान्वीलाई महिला केन्द्रित चलचित्रको अफर आउन थालेको छ । उनै, जान्हवी अब एक मलायालम चलचित्रको रिमेकमा काम गर्ने तयारीमा छिन् ।

भारतीय मिडियाका अनुसार, उनले मलायालम चलचित्र ‘हेलेन’को रिमेकमा काम गर्न लागेकी हुन् । जी स्टूडियो र बोनी कपुरले मिलेर बनाउन लागेको यो चलचित्र माथुकुट्टी जेभियरले निर्देशन गर्दैछन् । मलायालम चलचित्र ‘हेलेन’लाई उनले नै निर्देशन गरेका थिए ।

यो चलचित्रको छायांकन लखनउ र उत्तर प्रदेशका केही स्थानमा हुनेछ । भारत गएर क्यानडा बस्न चाहने एक नर्सको कथामा यो चलचित्र निर्माण भएको थियो । तर, अचानक यूवती गायब भएपछि आउने उतारचढावको कथा ‘हेलेन’मा प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment