Comments Add Comment

नबिल बैंकको सहकार्यमा दराजका विक्रेतालाई सारथी योजना

नबिल बैंक लिमिटेड र दराज क्यामु प्रा लि.ले नेपालका साना तथा मझौला उद्यम (एसएमई)लाई सहयोग पुर्याउन एक विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नबिल बैंकका डेपुटी सीईओ सुजित कुमार शाक्य र दराज क्यामु प्रा लिका प्रबन्ध निर्देशक, लिनो अल्हेरिङ्गले एक विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त समारोहमा बोल्दै नबिल बैंकका डेपुटी सीईओले भने, “यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्वपूर्ण रहनेछ । हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई बिभिन्न लगानी कार्यक्रम मार्फत आफ्नो व्यवसाय बिस्तारमा सहयोग पुर्‍याउनु रहेको छ । सारथी कार्यक्रमको लागि हामीले दाराजसंग सहकार्य गरेका छौं । हाम्रो विश्वास छ कि, यो वित्तिय कार्यक्रमले उनीहरूलाई कोभिड – १९ को कारणले आइपरेका कठिनाइहरू पार गर्न मद्दत पुर्‍याउछ र उनीहरूको व्यवसायलाई दीर्घकालीन स्थिरता र बृद्धिका लागि पुर्नजीवित गर्नेछ ।”

त्यस्तै, दराज क्यामु प्रालिका प्रबन्ध निर्देशकले भने, “सारथी कार्यक्रमलाई नबिल बैंकसंगको सहकार्यमा प्रस्तुत गर्न हामी धेरै उत्साहित छौ । हामीले लामो समयदेखि काम गरिसकेका छौं, अर्थतन्त्रमा कोभिड–१९ को प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अझ महत्वपूर्ण साबित भएको छ । यो नेपालमै पहिलो क्रेडिट स्कोरिंगमा आधारित नौलो समाधान होे र हामी यो रणनीतिक साझेदारीको शुरुवातमा छौं । नेपाली आर्थिक क्षेत्रलाई अझ मजबुत बनाउन हामी यस सारथी कार्यक्रममा नबिल बैंकसंग धेरै नजिकबाट काम गर्ने आशा गरिरहेका छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment