Comments Add Comment

दिव्य युवा क्लबको भवन शिलान्यास

१० मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले एक क्लबको भवन शिलान्यास गर्दै सामाजिक संघ संस्थाले समाज विकासमा महत्वपूर्ण योगदान दिएको बताएका छन् ।

महिला सशक्तीकरण, दलित सीमान्तकृत, अल्पसंख्यक, विपन्न समुदायको उत्थान, सामाजिक सेचतनामा सामाजिक संस्थाहरुले उल्लेख्य योगदान पुर्‍याएको उनको भनाइ छ ।

वीरगञ्ज महानगरपालिका-१४ चिनीमिल पिपरामा दिव्य युवा क्लब पर्साको भवन शिलान्यास गर्दै उनले सामाजिक संस्थासँग हातेमालो गर्दै अघि बढ्न महानगरपालिका तयार रहेको बताए । नगर प्रमुख सरावगीले संघ संस्थाको आफ्नै भवन हुँदा कार्य सम्पादमा सहज हुने बताए ।

१० धुर जग्गामा दुई तले पक्की भवन बनाउने योजना सहित काम अघि बढाइएको दिव्य युवा क्ल्ाब कार्यकारी अधिकृत रामाकान्त पटेलले बताए ।

४० लाख लगत स्टिमेट गरिएको भवन बनाउनका लागि एक्सन एड नेपालले साढे ७ लाख रुपैयाँ दिने भएको उनले जानकारी गराए ।

एक्सन एडले क्लबसँगको सहकार्यमा पर्सामा महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment