Comments Add Comment

केकीले ‘बोक्सीको घर’ बनाउने

चलचित्र ‘कोहलपुर एक्सप्रेस’पछि नायिका केकी अधिकारीले नयाँ चलचित्र निर्माण गर्ने पक्का भएको छ । वि.सं २०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’लाई केकीले चलचित्रमा उतार्ने तयारी गरेकी हुन् । यो नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेकी हुन् । सरिता गिरीले नाटकमा एकल अभिनय गरेकी थिइन् ।

सुलक्षण भारतीको लेखनमा निर्माण हुन लागेको ‘बोक्सीको घर’ नामक चलचित्रलाई सुव्रतराज आचार्य र सुलक्षणले संयुक्त रुपमा निर्देशन गर्ने तयारी गरेका छन् । केकी अधिकारी फिल्मस्ले निर्माण गर्ने चलचित्रमा नायक गौरव पहारी र नायिका केकी अधिकारीको मुख्य भूमिका रहनेछ ।

चलचित्रका बाँकी कलाकारको छनोट अडिसनबाट गरिनेछ । विगत डेढ महिनादेखि कलाकारहरुले वर्कशप गरिरहेका छन् । चार महिनासम्म वर्कशप गरेपछि छायांकन प्रारम्भ गरिने बताइएको छ । सामाजिक कथावस्तुमा निर्माण हुन लागेको चलचित्रलाई बद्री अधिकारीले निर्माण गर्दैछन् । चलचित्रका कार्यकारी निर्माता विशाल भण्डारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment