Comments Add Comment

हावामा अडिएको मन्दिरको खम्बा, अझै खुलेको छैन रहस्य !

काठमाडौं । छिमेकी मुलुक भारतको आन्ध्रप्रदेशमा एउटा अनौठो मन्दिर छ, जहाँ एउटा खम्बा हावामा अडिएको छ ।

अनन्तपुर जिल्लास्थित लेपाक्षी मन्दिरलाई सोही कारण ह्याङ्गिङ पिलर टेम्पल पनि भनिन्छ ।

उक्त मन्दिरमा कूल ७० वटा प्रस्तरका थाम अर्थात् खम्बा छन् । अरु ६९ वटा खम्बाहरु भुइँमै टेकिएका छन् । तर एउटा विचित्र खम्बाको पिँध चाहीँ भुइँमा छोइएको छैन । अर्थात् त्यो खम्बा जमिनभन्दा झण्डै आधा इन्च माथि हावामै अडिएको छ ।

त्यो रहस्यमयी खम्बालाई आकाश स्तम्भ पनि भनिन्छ । त्यो खम्बा र जमिनबीच रहेको आधा इन्चको खाली ठाउँलाई भक्तजनहरु सबैभन्दा शुभस्थान मान्दछन् । खम्बाको मुनिबाट केही चीज निकालेमा त्यसले घरमा सुख समृद्धि आउने विश्वास मानिसहरुमा छ । त्यसैले पनि त्यहाँ आउने मानिसहरुले खम्बाको मुनिको चेँपमा कपडा छिराएर निकाल्दछन् ।

वास्तवमा त्यो पिलर पहिले जमिनमै टेकिएको थियो । एकजना बेलायती इन्जिनियरले उक्त मन्दिरका पिलरहरु कसरी जमिनमा टेकाइएका छन् भन्ने कुराको अध्ययन गर्नका लागि उक्त पिलरलाई मेसिनको सहायताले हल्लाए । त्यसपछि उक्त पिलरको फेँदले भुइँ छाड्यो र हावामा झुलिरहेको छ ।

हिन्दु देवता शिवको क्रूर रुप विरभद्रको मूर्ति उक्त मन्दिरमा रहेको छ । साथै त्यहाँ शिवका अर्धनारीश्वर, कंकाल मूर्ति, दक्षिण मूर्ति तथा त्रिपुरातकेश्वर पनि रहेका छन् ।

कुर्मासेलमको पहाडमा बनेको उक्त मन्दिर कछुवाको आकारमा बनेको छ । १६ औँ शताब्दीमा विरुपन्न र विरन्ना नामका दुईभाइले उक्त मन्दिरको निर्माण गरेको इतिहास छ । तर पौराणिक मान्यता अनुसार भने उक्त मन्दिरको निर्माण अगस्त्य ऋषिले गरेका हुन् ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment