+
+
Shares

‘रश्मी रकेट’का लागि बदलिएकी तापसी

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १० गते ११:५५

नायिका तापसी पन्नुले बलिउडमा छुट्टै क्रेज बनाइसकेकी छिन् । फरक चलचित्र, महिला केन्द्रित चलचित्रमा काम गर्ने तापसी बक्स अफिसमा पनि सफल मानिन्छिन् । उनै, तापसीले चलचित्र ‘रश्मी रकेट’को छायांकन एक महिना अगाडि सुरु गरेकी थिइन् । पुनेमा यो चलचित्रको पहिलो सेड्यूलको छायांकन सकिएको छ ।

तापसीले सामाजिक संजालमा शेयर गरेको तस्वीरमा उनमा आएको परिवर्तन स्पष्ट देख्न सकिन्छ । एथलेटिक्सको कथामा निर्माण हुन लागेको चलचित्रका लागि तापसीले आफूलाई परिवर्तन गरेकी छिन् ।

आकाश खुरानाको निर्देशनमा तयार भैरहेको यो चलचित्र आउँदो बर्ष रिलिज हुने बताइएको छ । लकडाउनको समयमा नायिका कंगना रनावत र तापसीको वाकयुद्ध खुबै चलेको थियो । तर, तापसी भने काममा फर्किएसँगै वाकयुद्ध सकिएको छ ।

तापसी बलिउडका स्टार नायकविना नै चलिरहेकी छिन् । उनको चलचित्रको कथावस्तु फरक हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?