Comments Add Comment

इथियोपिया युद्धले पूर्वी अफ्रिकामा अस्थिरता निम्त्याउँदैछ : ईयू

Photo Credit : REUTERS

१० मंसिर, काठमाडौं । इथियोपियनको सेना र उत्तर प्रान्त टिग्रेका क्षेत्रीय सेनाबीच जारी युद्धले पूर्वी अफ्रिकामा अस्थिरता निम्नताइरहेको यूरोपेली संघ (ईयू)ले बताएको छ । ईयूका वैदेशिक नीतिका प्रमुख जोसेप बोरेलले इथियोपियाका विदेशमन्त्रीसँगको भेटवार्तामा धार्मिक विषयलाई लिएर लक्षित गरी हुने आक्रमण र मानव अधिकारविरोधी आक्रमण रोक्न आग्रह गरे ।

इथियोपियाको सरकारले टिग्रेका विद्रोहीलाई आत्मसमर्पणको लागि दिएको २४ घण्टाको समय बुधबार सकिँदैछ । यद्यपि टिग्रेको टीपीएलएफले यो अल्टिमेटम अस्वीकार गरिसकेको छ ।

इथियोपियाले भने अहिले चलिरहेको युद्ध आफ्नो आन्तरिक कानुन कार्यान्वयनको विषय रहेको भन्दै यो विषयमा कुनै पनि विदेशीको हस्तक्षेप स्वीकार्य नहुने बताएको छ ।

इथियोपियामा जारी युद्धको क्रममा टिग्रेको टीपीएलएफले छिमेकी मुलुक इरिट्रियामा पनि रकेट प्रहार गरिरहेको छ । साथै इथियोपियाले सोमालिया र दक्षिण सुडानबाट शान्तिसेनामा गएका आफ्ना सैनिक फिर्ता गरिरहेको छ । सोमालियामा इथियोपियाले आफ्ना केही सय टिग्रे प्रान्तका सैनिकहरुको हतियार खोसेको छ । त्यस्तै दक्षिण सुडानबाट पनि टिग्रेका तीन सैनिकलाई घर फर्काइएको छ । यसरी खुलारुपमा इथियोपियाले धार्मिक विभेद गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको जानकारहरुले बताएका छन् । इथियोपियाले भने अहिले हतियार खोसिएका र घर फर्काइएका सबै सेनाहरुको टीपीएलएफसँगको सम्बन्धको विषयमा अनुसन्धान जारी रहेकाले उनीहरुबाट हतियार खोसिएको बताएको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment