Comments Add Comment

उद्योग वाणिज्य महासंघको साधारणसभा प्रधानमन्त्रीले भर्चुअल विधिबाट उद्घाटन गर्ने

१० मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको उद्घाटन भर्चुअल माध्यमबाट हुने भएको छ । मंसिर ११ गते विहान ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले साधारणसभाको उद्घाटन गर्ने भएका छन् ।

कोरोना महामारीका कारण महासंघको साधारणसभा उद्घाटन भर्चुअल माध्यमबाट हुने भएको हो । महासंघले सहभागी हुनका लागि बुधबार जुम एप्लिकेसनको युजर र पासवर्डसमेत सार्वजनिक गरेको छ । उद्घाटन मात्रै होइन बन्द शत्र समेत जुमबाटै हुने महासंघले जनाएको छ ।

महासंघको उद्घाटन शत्र ११ गते हुने छ भने बन्द शत्र १२ गते हुनेछ । बन्द शत्र सकिएपछि १३ गते भने निर्वाचन हुने छ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो ।

पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने पक्का छ भने बाँकी पदहरुमा चुनाव हुँदैछ । आगामी वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिदैछन् ।

महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई र शौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment