Comments Add Comment

माछापुच्छ्रे बैंक र नेपाल भेटरीनरी संघबीच सम्झौता

माछापुच्छ्रे बैंक र नेपाल भेटरीनरी संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका सदस्यहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा नेपाल भेटरीनरी संघका अध्यक्ष डा. सितल काजी श्रेष्ठ तथा माछापुच्छ्रे बैंकका दायित्व व्यवस्थापन एंव बाह्य मामिला प्रमुख सुनिल खतिवडाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात नेपाल भेटेरीनरी संघसँग सदस्यहरुलाई बैंकले सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहमा बिशेष सहुलियत प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment