Comments Add Comment

मन्त्रिपरिषदको निर्णय : कतारको कार उपहारदेखि बुढीगण्डकीको मुआब्जासम्म

१० मंसिर, काठमाडौं । बुधबार अपरान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को अनुसूचीमा हेरफेर गर्ने निर्णय गरेको छ । सरकारले विदेशी लगानीकर्तालाई सजिलो हुने गरी ऐनको अुनुसूचीमा हेरफेर गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

यसैवीच, कतार सरकारले परराष्ट्र मन्त्रालय मार्फत नेपाल सरकारलाई कार उपहार दिएको छ । उपहार स्वरुप प्राप्त भएको कार स्वीकार गर्ने बुधबारको मन्त्रिपरिषदले निर्णय गरेको छ । कार उपहार स्वीकृत गरियास् भन्ने प्रस्ताव परराष्ट्र मन्त्रालयले क्याबिनेटमा लगेको थियो ।

बुधबारको मन्त्रिपपिरषद बैठकले नेपाली सेनाका लेखा महासेनानी गणेश सिंह भण्डारी तथा लेखा प्रमुख सेनानी रामबहादुर अर्यालको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । प्रधानमान्त्री केपी शर्मा ओलीले सम्हालेको रक्षा मन्त्रालयको प्रस्तावमा यो निर्णय गरिएको हो ।

त्यसैगरी मन्त्रिपरिषद बैठकले बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्थापना इकाइको कार्यअवधि थप गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सरकारले समायोजन भई हाजिर हुन नपाएका निजामति कर्मचारीहरुलाई तलब भत्ता प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै गृहमन्त्रालयको प्रस्तावमा कतिपय विलम्ब शुल्क तथा जरिवाना मिनाहा दिने समेत निर्णय गरेको छ । त्यस्तै गृहकै प्रस्तावमा कसुरजन्य सम्पत्ति तथा साधन – रोक्का, नियन्त्रण र जफत) नियमावली २०७७ को मस्यौदा मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment