Comments Add Comment

म्याराडोनाका निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोकको घोषणा

११ मंसिर, काठमाडौं । अर्जेन्टिनाका पूर्व फुटबलर डिएगो म्याराडोनाको निधनमा अर्जेन्टिनाको सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । ६० वर्षीय म्याराडोनाको बुधबार मृत्यु भएको थियो ।

म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति कार्यालय कासा रोसारामा ल्याइएको छ । यहाँ तीन दिनसम्म मानिसहरुले उनलाई अन्तिम श्रद्धान्जली दिन सक्नेछन् । म्याराडोनाका साथी ओहवाल्दो अर्बिलेसले म्याराडोनाले पाएको जति चर्चा र प्रशंसा आजका सुपरस्टारहरु लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोले नपाएको बताए ।

म्याराडोनालाई मेसी, रोनाल्डोदेखि ब्राजिलका महान खेलाडी रहेका पेलेले पनि श्रद्धाञ्जलि दिएका छन् । पेलेले अन्तिम श्रद्धाञ्जली दिँदै लेखेका छन्, ‘मैले एक नजिकको साथी गुमाएको छु र विश्वले एक महान खेलाडी गुमाएको छ । मलाई आशा छ कि एक दिन हामी दुवै आकाशमा एकसाथ फुटबल खेल्नेछौँ ।’

म्याराडोनाको शवको पोस्टमार्टम हुन बाँकी छ । स्थानीय समयअनुसार म्याराडोनाको निधन बुधबार ब्युनस आयर्सको टाइगर सहरस्थित उनकै निवासमा भएको हो ।

नोभेम्बरको सुरुआतमा म्याराडोनाको मस्तिष्कबाट ब्लड क्लट निकाल्न अपरेसन गरिएको थियो । त्यसका साथै मदिराको लतबाट मुक्ति पाउनका लागि पनि उनको उपचार चलिरहेको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment