+
+
Shares

कुलपति उप्रेतीले ल्याए ‘स्मृतिमा तरंगीत विम्बहरू’ 

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ११ गते १४:४१

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति  गंगाप्रसाद उप्रेतीको नयाँ संस्मरणात्मक कृति  ‘स्मृतिमा तरंगीत विम्बहरू’ बजारमा आएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित साहित्यकार उप्रेतीको यो चौधौं कृति हो ।

कविता लेखनबाट साहित्य यात्रा आरम्भ गरेका उप्रेतीका यसअघि ‘स्मृतिका छालमा इटाल’ (यात्रा संस्मरण), ‘दृष्टिकोणका विविध बिसाउनी’, ‘व्यक्ति, कृति र प्रवृत्ति’, ‘चक्रव्यूह’ (कविता) लगायत १३ थान कृति प्रकाशित भइसकेका छन् ।

‘स्मृतिमा तरंगीत विम्बहरू’  संस्मरण कृतिभित्र २१ ओटा व्यक्ति केन्द्रित संस्मरणहरू समेटिएका छन् । उप्रेतीको यो व्यक्ति केन्द्रित दोस्रो पुस्तक हो ।

पुस्तकमा गोविन्द भट्ट, गणेशबहादुर प्रसाईं, रवीन्द्र अधिकारी, शिवप्रसाद सापकोटा, घनश्याम ढकाल, पूर्णप्रकाश नेपाल यात्री, चन्द्रमान कन्दब्वा, गणेश राई, अम्बिका साँवा, भक्तराज कन्दब्वा, धर्मप्रसाद ढकाल, देवीप्रसाद किसान, डा. हर्षबहादुर बुढा, नगेन्द्रप्रसाद रिजाल, हरिचरण सिटौला, मब्गलकुमार उपाध्याय,श्रीप्रसाद उपाध्याय, श्रीप्रसाद ओली, नारायणप्रसाद ओली, प्रेमप्रसाद सिवाकोटी, डा. द्रोणकुमार उपाध्याय र श्यामप्रसाद शर्मासँगका रोचक संस्मरणहरू समाविष्ट छन् ।

१८८ पृष्ठको पुस्तकको मूल्य २९९ रुपैयाँ रहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?