Comments Add Comment

थप १६१४ जनामा कोरोना भाइरस संक्रमण

११ मंसिर काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४९१ जनाको परीक्षण हुँदा १६१४ जना संक्रमित भेटिएका हुन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १४३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ रहेको छ ।

नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।

कहाँ कति संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६२०, मोरङमा १५३, ललितपुरमा ११४, झापामा ७६, चितवन र दाङमा ५२/५२, भक्तपुर र नवलपरासी पूर्वमा ५१/५१, सुनसरीमा ४५, रुपन्देहीमा ४१, कास्कीमा ४० जना संक्रमित भेटिएका छन् ।

त्यस्तै बाँकेमा २३, कैलालीमा २८, बझाङमा १९, मकवानपुरमा १७, काभ्रेमा १५, कञ्चनपुरमा १४, तनहुँ, अर्घाखाँची र पाल्पामा ११/११, बर्दियामा १०, सिन्धुपाल्चोकमा ९, गोरखा र स्याङ्जामा ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।

सप्तरी, धादिङ, गुल्मी, नवलपरासी र रोल्पामा ७/७, उदयपुर, बाग्लुङ र डडेल्धुरामा ६/६, धनकुटा, धनुषा, सर्लाही, रामेछाप र सुर्खेतमा ५/५, महोत्तरी, सिराहा, दोलखा, नुवाकोट, सिन्धुली, दैलेख र सल्यानमा ४/४ जना संक्रमित भेटिएका छन् ।

पाँचथर, भोजपुर, बारा र प्युठानमा ३/३, इलाम, खोटाङ र संखुवासभामा २/२, ओखलढुंगा, सोलुखुम्बु, पर्सा, रौतहट, रसुवा, पर्वत, कपिलवस्तु, जुम्ला, रुकुमपश्चिम, अछाम र बैतडीमा १/१ जनामा कोरोना भाइरस संत्रमण भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment