Comments Add Comment

भारतमा कृषि कानुनको विरोधमा प्रदर्शन

Photo Credit : ANI

११ मंसिर, काठमाडौं । भारतको पञ्जाब र हरियाणामा केन्द्रीय सरकारले ल्याएको कृषिसँग सम्बन्धित तीन कानुनको विषयलाई लिएर किसानहरुले विरोध प्रदर्शन गरेका छन् । भारतमा गत सेप्टेम्बर महिनामा पारित भएको केन्द्र सरकारको तीन कृषि कानुनको भारतभरका किसानहरुले विरोध गर्दै आएका छन् । त्यसका साथै भारतको विपक्षी पार्टीले पनि यस विषयमा गम्भीर असन्तुष्टि जनाउँदै आएको छ ।

भारतले अहिले ल्याएको कानुनको सहयोगमा भारतको कृषि क्षेत्र पनि पूँजिपति वा कर्पोरेट घरानाको हातमा जाने भन्दै किसानहरुले त्यसको विरोध गर्दै आएका हुन् । बिहीबार हरियाणामा किसानहरुले ‘दिल्ली चलो’ आह्वानका साथमा प्रदर्शन गरेका थिए । दिल्लीतर्फ अघि बढेका उनीहरुलाई पञ्जाबको सीमामा हरियाणा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको छ । प्रदर्शनलाई ध्यानमा राख्दै हरियाणाको सरकारले यसअघि नै आवश्यक मात्रामा प्रहरीको व्यवस्था गरेको थियो ।

पञ्जाब र हरियाणाका किसानहरु ट्याक्टर, ट्रली र अन्य वाहनमा चढेर दिल्ली जान आइरहेका छन् । तर, प्रहरीले उनीहरुलाई रोकीराखेको छ । किसानहरुको आन्दोलनमा भारतीय किसान युनियनका धेरै समूहहरुले साथ दिएका छन् । यसअघि बुधबार सरकारले ल्याएको कानुनको विरोध गर्दै दिल्ली पुगेका किसानहरुलाई पनि प्रहरीले हिरासतमा लिएको थियो । तर, पछि उनीहरुलाई छाडिएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment