Comments Add Comment

क्यानको फाइनान्स म्यानेजरको लागि ३ जनासँग अन्तर्वार्ता

११ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले चिफ फाइनान्स म्यानेजरको लागि अन्तर्वार्ता लिएको छ । क्यानले बिहीबार अन्तिम छनोटमा परेका ३ जनासँग अन्तर्वार्ता लिएको जनाएको छ ।

क्यानले यसअघि नै मुख्य प्रशिक्षक, क्रिकेट म्यानेजर र जनरल म्यानेजरका लागि अन्तर्वार्ता लिइसकेको छ ।

फाइनान्स म्यानेजरका लागि कुल ३७ जनाको आवेदन परेको थियो । त्यसबाट पहिलो चरणमा १५ जनाको लाम सर्टलिस्ट गर्दै अन्तिम चरणमा ३ जनासँगमात्र अन्तर्वार्ता लिएको क्यानले जनाएको छ ।

क्यानले गत सेप्टेम्बरमा मुख्य प्रशिक्षक, क्रिकेटर म्यानेजर, जनरल म्यानेजर, फाइनान्स म्यानेज र सात प्रदेशका प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेको थियो ।

गत फेब्रुअरमा नेपालमा भएको विश्वकप लिग २ त्रिकोणात्मक सिरिजपछि मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक पद खाली छ । त्यसपछि मार्चमा थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टि-२० प्रतियोगितामा नेपालकै जगत टमाटाले अन्तरिम प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

क्यानले मुख्य प्रशिक्षक पदका लागि तिहारअघि नै १२ जनासँग अन्तर्वार्ता लिइसकेको छ र यही मंसिर दोस्रो साता भित्रमै नेपाली राष्ट्रिय क्रिकेट टिमले नयाँ मुख्य प्रशिक्षक पाउने जनाएको छ ।

क्यानले बिहीबारदेखि सुरु गरेको राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा भने जगत टमाटालाई नै प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment