+
+
Shares

लण्डन स्पिरिट प्रतियोगितामा खुकरी रमलाई स्वर्ण पदक

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ११ गते २०:००

नेपालको पहिलो डिष्टिलरी नेपाल डिष्टिलरी प्रालि आफ्नो पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याई, आफ्नो देशलाई पनि गौरवान्वित बनाउने बताएको छ । ‘यसको लागि अनवरत प्रयास, उत्कृष्ट उत्पादन उपलब्ध गराउने दृढता, र वर्षौं वर्षको निपूणताको आवश्यकता पर्दछ, जुन नेपालको आफ्नै अत्यन्त मौलिक आइकोनिक ओक रम खुकुरी रमसँग सम्बन्धित छ, कम्पनी भन्छ,’यसको शुरुवाती दौरानदेखि नै नेपालको सबैभन्दा उत्कृष्ट मदिरा खुकुरीले नेपाली मदिराको विरासतलाई अन्तर्राष्ट्रिय परिदृश्यमा स्थापित गर्दै आएको छ र यो जहाँ जहाँ उपलब्ध भएको छ, त्यहाँ त्यहाँ यो व्यापक रुपमा प्रशंसित पनि भएको छ ।’

खुकुरीले यस वर्ष लण्डन स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेर आफ्नो उपलब्धिको अध्यायमा एक अर्को कोसेढुंगा थपेको छ  । कम्पनीका अनुसार सम्भवतः रमको लागि विश्वकै सबैभन्दा ठूलो बजार मानिएको संयुक्त राज्य अमेरिकामा यसलाई उपलब्ध गराउनु पनि यो वर्षको उल्लेखनीय सफलता हो ।

“अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा समेत विद्यमान कोभिड महामारीको अवस्थाले हामी जो कोहीलाई पनि जटिल परिस्थितिको सामना गर्न बाध्य बनाएको छ । तर एउटा प्रचलित उखान “जब गाह्रो हुन्छ, गाह्रो जान्छ” भने जस्तै हामीले हाम्रो अदम्य साहसलाई कुनै पनि परिस्थितिमा झुक्न दिएनौ । रनेपालको आफ्नै मौलिक मदिरा खुकुरी रम लण्डन स्पिरिट प्रतियोगिता २०२० को स्वर्ण पदकबाट विभूषित हुन सफल हुनु हाम्रो कडा मेहनत एवं प्रयासको प्रतिफल हो” नेपाल डिष्टिलरीजका कार्यकारी निर्देशक के के चुरिवालाले भने ।

वेभरेज ट्रेड नेटवर्कद्वारा प्रदत्त यो अन्तर्राष्ट्रिय मान्यताले गर्दा अकस्मात प्राप्त खुशीले हालको महामारीले उत्पन्न गरेको मन्दी चरणको दौरानमा पनि राष्ट्रमा सफलता प्राप्त भएको हुँदा जो कोहीलाई पनि आनन्दित तुल्याएको कम्पनी बताउँछ। ‘यो जित हामी भित्रमात्र सीमित छैन, यो त हामसिँग आबद्ध हरेक वितरकहरु र डिलरहरु, हाम्रा उपभोक्ताहरुका साथसाथै सम्पूर्ण नेपालीहरु सबैको लागि हो । यो जित हाम्रो देश नेपालको जित हो । यस्तो अँकित गर्ने नेपाली कम्पनीले विश्वमा आफ्नै मौलिक उदाहरण कायम राख्न सक्छ । यसर्थ, यो उत्सव, खुकुरी रमद्वारा प्राप्त सम्मान पदक र यसको निर्यात सम्बन्धमा भएको वृद्धि सम्पूर्ण नेपालीहरु देशमा र विदेशमा भएका सबैका लागि साझा विजय हो,’ कम्पनीले भनेको छ ।

“खुकुरीले आफ्नो उत्पादनको समयदेखि नै विश्व बजारमा आफ्नो उपस्थितिको झण्डा गाड्न भरमग्दूर प्रयास गर्दै आइरहेको छ । खुकुरी रम हाल विश्वका १३ देशहरुमा उपलब्ध छ र यो संख्या अझ बढाउने लक्ष्यकासाथ काम भैरहेको छ । हामी चाँडै नै अवसरहरुको भूमी भनेर चिनिने संयुक्त राज्य अमेरिकामा पुनः प्रवेश गर्दैछौं भन्ने जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त गर्व लागेको छ । हामीले भने जस्तै खुकुरी रम बोकेको जहाज यसको मार्गमा अघि बढिरहेको छ । यी दुवै कोसेढुँगाले विद्यमान विश्वव्यापी महामारीको बीचमा पनि कम्पनीको लागि ठूलो फड्को साबित भएको छ र हामी साँच्चि नै हाम्रो उपलब्धि प्रति गर्व गर्दछौं र यी नै उपलब्धिका साथ हामी घोषणा गर्छौं ‘गर्वकासाथ नेपाली,” नेपाल डिष्टिलरीजका महा–प्रबन्धक सुभाष लामिछानेले अगाडि भने ।

खुकुरी रम नेपालको अत्यन्त रुचाइएको प्रशाीसत ब्राण्डहरुमध्येको एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?