Comments Add Comment

संघीयता आवश्यक छ, दलहरुमा प्रशिक्षणको कमी छ : सभामुख सापकोटा

१२ मंसिर, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कानुन निर्माणको सम्बन्धमा राजनीतिक दलहरुबीच प्रशिक्षणको कमी रहेको बताएका छन् । पार्टीभित्र लोकतन्त्रको पनि राम्रो अभ्यास नभएको बताउँदै उनले प्रदेश र संघलाई एकाकार गरेर विधेयक बनाउनुपर्नेमा जोड दिए ।

शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सन्चालनका लागि अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रममा सभामुख सापकोटाले सो धारणा राखेका हुन् ।

उनले भने, ‘जनमुखी विधेयकहरु बनाउनुपर्छ । प्रदेश र संघलाई एकाकार गरेर नै विधेयक बनाउन आवश्यक हुन्छ । कानुन बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको छ, विज्ञको कमी भएको छ, सांसदहरुमा त्यो कमी छ । त्यसकारण यसमा बढी ध्यान दिनुपर्छ ।’

सभामुख सापकोटाले भने, ‘पार्टीभित्र पनि लोकतन्त्रको राम्रो अभ्यास भएको अनुभव भएको छैन । पार्टीबाट सांसदहरुलाई राम्रो प्रशिक्षण भएको छैन ।’

अर्को एक प्रसंगमा उनले संघीयताको औचित्य पुष्टि गर्ने दायित्व आफूहरुमा रहेकोसमेत बताए ।

राजावादीहरुको गतिविधितर्फ संकेत गर्दै सभामुख सापकोटाले भने, ‘संघीयताको अहिले राम्रो अभ्यास हुँदै गएको छ । संघीयता नेपाली जनतालाई महत्वपूर्ण हो । यसको औचित्य पुष्टि गर्ने हाम्रो दायित्व हो । जनतालाई परेको छ, संघीयता आवश्यक रहेछ ।’

स्थानीय सरकारको भूमिका पनि त्यही रुपमा देखापरेको सभामुख सापकोटाको भनाइ छ ।

यो पनि पढ्नुहोस संसदको नियमित अधिवेशन अब सुरु हुन्छ : कानुनमन्त्री तुम्बाहाङ्फे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment