Comments Add Comment

बबी देओल लागि फिल्म बनाउँदै सन्नी देओल

बलिउडमा नायक बबी देओलको करिअर खासै सुखद छैन । उनले अभिनय गरेका चलचित्र र वेव सिरिजले दर्शकको अपेक्षित माया नपाएपछि उनको करिअर नै धरमराएको अवस्था छ । यसैले, उनको करिअर जोगाउनका लागि उनका दाई सन्नी देओलले चलचित्र निर्माण तथा निर्देशन गर्ने तयारी थालेका छन् ।

भारतीय मिडियाका अनुसार, सन्नीले आफ्ना छोरा करण देओल र भाई बबी दोओलका लागि आफ्नै ब्यानर विजेता फिल्मस्बाट चलचित्र बनाउने तयारी गरेका छन् । पारिवारिक कथामा बन्ने चलचित्रका लागि सन्नी स्क्रिप्ट हेरिरहेका छन् ।

सन्नीका छोरा करणले गतबर्ष चलचित्र ‘पल पल दिल के पास’बाट बलिउडमा डेब्यू गरेका थिए । तर, उनको यो चलचित्र बक्स अफिसमा असफल भयो । यसपछि, सन्नीले भाई बबी र छोरा करणका लागि पारिवारिक कथावस्तुमा चलचित्र बनाउने तयारी थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

कृतीको व्यस्तता

Advertisment