Comments Add Comment

बेनीका विद्यालय आइतबारदेखि खुल्ने

१२ मंसिर, काठमाडौं । म्याग्दीको बेनी नगरपालिकाले आगामी आइतबारदेखि शैक्षिक संस्था खोल्ने भएको छ ।

सरोकारवालासँग छलफल गरेर भौतिक उपस्थितिमै पढाइ सञ्चालन गर्ने निर्णय भएको बेनीका नगरप्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचा अनुसार शैक्षिक संस्था खोल्न लागेको श्रेष्ठ बताउँछन् ।

संस्थागत आइसोलेसन र क्वारेन्टिन खाली रहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

बेनीमा ५६ वटा सामुदायिक विद्यालयसहित ७१ वटा शैक्षिक संस्था छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment