+
+
Shares

कञ्चनपुरमा दुई दिनमा दुई जनाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १२ गते १३:५३

१२ मंसिर, कैलाली । कञ्चनपुरमा दुई दिनको अवधिमा दुई जनाको शव फेला परेको छ ।

शुक्रबार बिहान भीमदत्त नगरपालिका – ४ स्थित महेन्द्रनगर बजारमा बेदकोट नगरपालिका ४ का २४ वर्षीय कमल दमाई मृत फेला परेका छन् ।

टेलिफोनको जस्तो देखिने तारको पासोले घाँटी बेरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

असोज ८ गते मजदुरीका लागि भन्दै घरबाट निस्किएका उनको शव शुक्रबार फेला परेको हो ।

‘मजदुरी गर्न भन्दै स्याङ्जा गएका थिए’ मृतकका बुवालाई उदृढ गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने, ‘कामबाट घर फर्किन नपाउँदै उनको मृत्यु भएको खबर पुग्यो ।’

घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर समेत त्यहाँ लगिएको छ ।

यस्तै बिहीबार कञ्चनपुरको भमिदत्त नगरपालिका–१० सुकासालमा एक पुरुषको शव फेला परेको थियो ।

भीमदत्त नगरपालिका– ६ ऐठपुरका ३८ वर्षीय राजेन्द्र चन्दको शव फेला परेको हो ।

बिहीबार र शुक्रबार दुवै दिन फेला परेका शवबारे प्रहरीले छानबिन गरिरहेको बताए पनि घटना कसरी भएको भन्नेबारे यकिन तथ्य सार्वजनिक गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?