
१२ मंसिर, गुल्मी । गुल्मीमा सडक विस्तार गर्ने क्रममा खसेको ढुँगाले लागेर एकजनाको मृत्यु भएकाे छ ।
जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडेमा लु १ क १३०३ नम्बरको जेसीबीले सडक विस्तार गर्ने क्रममा खसेको ढुंगाले लागेर स्थानीय ३५ वर्षकी श्यामकुमारी मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो घाँस काटी रहेको बेलामाथिबाट खसेको ढुंगाले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जेसीबीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाडहाडेमा नादीबाट मसेरा भन्ने स्थानतर्फ कच्ची सडक विस्तारको काम भइरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4