+
+
Shares

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सर्बराज खड्का नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १२ गते १७:०५

१२ मंसिर, काठमाडौं । कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्बराज खड्का नियुक्त भएका छन् ।

कर्णाली प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

खड्का दैलेख नारायण नगरपालिका-८ निवासी हुन् ।

पुण्यप्रसाद रेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको उपकुलपतिमा नियुक्त भएपछि खाली रहेको पदमा खड्कालाई नियुक्त गरिएको हो ।

यस्तै, बैठकले मुख्यमन्त्रीको समन्वय विज्ञका रुपमा सुर्खेतका झकबहादुर मल्ल (सुदीप)लाई नियुक्त गर्ने निर्णय गरेको छ । मल्ल नेकपाका केन्द्रीय सदस्य तथा सुर्खेतका सह-इन्चार्जसमेत हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?