+
+
Shares

शीतलहरको जोखिम न्यूनिकरणबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १२ गते १९:४१

१२ मंसिर, वीरगञ्ज । शीतलहरबाट हुने जोखिम न्यूनिकरणका लागि बारामा पूर्व तयारी थालिएको छ ।

बाराको कोल्हबी नगरपालिकामा जिल्ला समन्वय समितिको शुक्रबार बसेको बैठकमा शीतलहरबाट हुने जोखिम न्यूनिकरणका लागि थाल्नु पर्ने पूर्व तयारीका बारेमा छलफल भएको छ ।

बैठकले शीतलहरको पूर्व तयारी गर्ने लगायत विभिन्न निर्णय गरेको जिल्ला समन्वय समिति बाराका सभापति नवल किशोर सिंहले जानकारी दिए ।

बैठकले कोरोना महामारीका कारणले अगाडि बढ्न नसकेका विकासका कामहरु द्रुत गतिमा अगाडि बढाउने, शैक्षिक क्रियाकलाप आवश्यक सतर्कताका साथ सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।

यसैगरी कृषकलाई आवश्यकता अनुसार मल उपलब्ध गराउन रासायनिक मलको कोटा बढाउन सम्बन्धित निकायमा अनुरोध गर्ने, कृषिबालीमा देखिएका विभिन्न किराको प्रकोपलाई न्यूनिकरण तथा नियन्त्रण गर्न प्रदेश वा संघबाट कृषि बाली प्राविधिक वा विशेषज्ञ उपलब्ध गराउन कृषि ज्ञान केन्द्रले पहल गर्ने, विकास निर्माणका काम भइरहेको स्थानमा विद्युतीय पोल सार्नुपर्ने भएकोले नेपाल विद्युत प्राधिकरणलाई यथाशीघ्र पोल सार्न अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकमा जिल्लामा रहेका १६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीयसहित प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, प्रहरी प्रमुख कृष्ण पगेनी, लगायत जिल्लाका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?