Comments Add Comment

महासंघको जिल्ला-नगर उपाध्यक्षमा प्रधान समूहका श्रेष्ठ विजयी

१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला-नगरतर्फको उपाध्यक्ष पदमा दिनेशलाल श्रेष्ठ  विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी गुणनिधि तिवारीलाई ११ मतान्तरले हराए ।

वस्तुगततर्फको उपाध्यक्षमा तिवारी चन्द्र ढकाल समूहबाट र श्रेष्ठ किशोर प्रधान समूहबाट भिडेका थिए । दिनेशले ५८ मत ल्याउँदा गुणनिधि  ४७ मतमा सीमित भए ।

श्रेष्ठ यसअघि काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष र महासंघको वस्तुगत तर्फको उपाध्यक्ष भइसकेका छन् । उनको कपि तथा स्टेसनरी उद्योग, नेपालगञ्ज मेडिकल कलेज, होटल, ट्रेडिङ, प्रिन्टिङ मेसिनरी सप्लाई लगायतमा लगानी रहेको छ ।

महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा पनि प्रधान समूहकै अन्जन श्रेष्ठ विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment