Comments Add Comment

चलचित्र क्षेत्र खोल्न सरकारसँग ६ संस्थाको माग

विगत ८ महिनादेखि बन्द रहेको चलचित्र क्षेत्र अझै सुचारु हुन नसकेपछि चलचित्रकर्मीले दबाबपूर्ण कार्यक्रम अगाडि सारेका छन् । केही दिन अघि चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधीले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसँग भेट गरी चलचित्र क्षेत्र खोल्ने माग गरेका थिए । सरकारले चलचित्रकर्मीको माग नसुनेको खण्डमा मिति तोकेर हल खोल्ने चेतावनी उनीहरुको थियो ।

यसैविच, चलचित्रसँग सम्बन्धित विभिन्न ६ संस्थाका प्रतिनिधीले पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र क्षेत्र खोल्न माग गरेका छन् । नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र नृत्य संघ, नेपाल चलचित्र द्धन्द्ध संद्ध तथा जनजाती चलचित्र महासंघले सरकारलाई दबाब दिने बताएका छन् ।

चलचित्र क्षेत्र बन्द हुँदा यो क्षेत्रमा आश्रित हजारौं पेशाकर्मी बेरोजगार भएको भन्दै चलचित्र क्षेत्रको उत्थानका लागि दिर्घकालिन समाधान भनेको चलचित्र क्षेत्र चलायमान हुनु नै रहेको ठहर संघसंस्थाको छ । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्डको अधिनमा रहेर चलचित्र क्षेत्र चलायमान हुनुपर्ने माग संस्थाहरुको छ । उनीहरुले यसका लागि संघसंस्थाले खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

६ संस्थाले जारी गरेको विज्ञप्तीमा चलचित्र क्षेत्र खोल्न सरकार सकारात्मक देखिएको पनि उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment