Comments Add Comment

पीएसजी बराबरीमा रोकियो

१४ मंसिर, काठमाडौं । पेरिस सेन्ट जर्मन पीएसजी फ्रेन्च लिग वान अन्तर्गत खेलमा बोर्डेक्ससँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा पीएसजीले बोर्डेक्ससँग २-२ को बराबरी खेल्दै अंक बाँडेको हो ।

टिमोथी पेम्बेलेले १०औं मिनेटमा आत्मघाती गोल गरेपछि पीएसजी सुरुमै एक गोलले पछि परेको थियो । तर २७औं मिनेटमा नेमारले पेनाल्टीमार्फत पीएसजीका लागि बराबरी गोल फर्काए । लगत्तै अर्को मिनेटमा मोइस किनले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए ।

तर ६०औं मिनेटमा यासिन एखिलले बोर्डेक्सका लागि बराबरी गोल फर्काए ।

बराबरीपछि पनि १२ खेबाट २५ अंक जोडेको पीएसजी शीर्ष स्थानमा छ । बोर्डेक्स १२ खेलबाट १६ अंकसहित ११औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment