Comments Add Comment

इथियोपिया : टिग्रेको राजधानी सरकारको नियन्त्रणमा आएको प्रधानमन्त्रीको दाबी

Photo Credit : Reuters

१४ मंसिर, काठमाडौं । इथियोपियाको उत्तरी प्रान्त टिग्रेको राजधानी मेकेल्ले सरकारको नियन्त्रणमा आएको प्रधानमन्त्री अबिय अहमदले बताएका छन् । अहमदले टिग्रेमा सरकारले गरेको सैन्य आक्रमण सकिएको र अहिले राजधानी सहर सरकारको पूर्ण नियन्त्रणमा आएको बताएका छन् ।

नोभेम्बर ४ मा इथियोपियाको सरकार र टिग्रेको स्थानीय सेनाको बीचमा युद्ध सुरु भएको थियो । यसले अफ्रिकामा ठूलो युद्धको सुरुवात हुन सक्ने आशंका बढेको थियो । यो युद्धमा एक हजारभन्दा धेरैको मृत्यु भएको अनुमान गरिएको छ भने लाखौं मानिसहरु विस्थापित भएका छन् । जसमध्ये करिब ४३ हजार शरणार्थीहरु सीमा पार गरेर छिमेकी मुलुक सुडानमा पुगेका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै प्रधानमन्त्री अहमदले टिग्रेमा सैन्य कारबाही सकिएकोमा खुसी व्यक्त गरे । उनले अब आफ्नो ध्यान युद्धमा ध्वस्त भएका संरचनाहरु निर्माण गर्ने, भत्किएकाहरुको मर्मत गर्ने, घर छाडेर भागेकाहरुलाई फिर्ता ल्याउने र टिग्रेको जनवीवन सामान्य अवस्थामा फर्काउनेतर्फ केन्द्रित भएको बताएका छन् ।

यद्यपि टिग्रेको विद्रोही टीपीएलएफ पार्टीले भने आफ्ना सेनाहरुले सरकारी सेनासँग अझै पनि युद्ध गरिरहेको बताएको छ । टीपीएलएफको दाबीको विषयमा भने सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।

यो पनि पढ्नुहोस टिग्रेमा अन्तिम चरणको आक्रमण गर्ने इथियोपियाको तयारी

प्रधानमन्त्री अहमदले टिग्रेको सेनालाई आत्मसमर्पणका लागि बुधबारसम्मको तीन दिने म्याद दिएका थिए । उक्त म्याद सकिएसँगै बिहीबार उनले टिग्रेमा अन्तिम चरणको युद्ध हुने बताएका थिए । यद्यपि प्रधानमन्त्रीले टिग्रेको राजधानी नियन्त्रणमा लिने क्रममा कसैको मृत्यु भएको वा नभएको भन्ने विषयमा भने कुनै जानकारी दिएका छैनन् ।

यो पनि पढ्नुहोस इथियोपिया संकट : मेसिनसहितको सैन्य डिभिजन ध्वस्त पारेको विद्रोहीको दाबी यो पनि पढ्नुहोस इथियोपिया संकट : टिग्रेबाट छिमेकी प्रान्तको राजधानीमा आक्रमण यो पनि पढ्नुहोस इथियोपिया टिग्रे संकट : प्रधानमन्त्रीले भने युद्ध अन्तिम चरणमा

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment