+
+

टिग्रेमा अन्तिम चरणको आक्रमण गर्ने इथियोपियाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ११ गते १४:३८
Photo Credit : REUTERS

११ मंसिर, काठमाडौं । इथियोपियाको सेनाले उत्तरी प्रान्त टिग्रेमाथि आफ्नो अन्तिम चरणको आक्रमण गरिने बताएको छ । बिहीबार इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले तीन दिनको आत्मसमर्पणको म्याद सकिएसँगै टिग्रेमा अन्तिम चरणको आक्रमण गरिने बताएका हुन् । टिग्रेको टीपीएलएफ पार्टीलाई दिएको ७२ घण्टाको समय बुधबार सकिएको हो । म्याद सकिएसँगै इथियोपियाको सेनाले पाँच लाख मानिसको बसोबास रहेको राजधानी सहर मेकेल्लेमा आक्रमणको तयारी सुरु भएको हो ।

सरकारको तयारीको विषयमा टीपीएलएफले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । उक्त क्षेत्रमा अहिले सञ्चारको सबै माध्यमहरु बन्द गरिएको छ । इथियोपियाका प्रधानमन्त्रीले अहमदले भने सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो कानुन कार्यान्वयनको अभियान अन्तिम चरणमा पुगेको बताएका छन् । साथै उनले मेकेल्लेका सबै मानिसहरुलाई हतियार बिसाउन र सैन्य निसानाभन्दा टाढै बस्न आग्रह गरेका छन् ।

अहमदले आफ्ना सेनाले टिग्रेको राजधानीलाई निर्दोष मानिसहरु, ऐतिहासिक स्थलहरु, प्रार्थनास्थलहरु, विकास संस्था र सम्पत्तिको नोक्सानी नपुर्‍याई आफ्नो नियन्त्रणमा लिने बताएका छन् । इथियोपिया सरकार र टिग्रेका विद्रोहीबीच चलिरहेको युद्धमा परी अहिलेसम्म हजारभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब ४२ हजार मानिसहरु सुडानको सीमा पार गरी शरण लिइरहेका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?