+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सिद्धार्थ ग्रुपले बिर्तामोडमा खोल्यो तीनतारे होटल

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १४ गते १३:१२

१४ मंसिर, काठमाडौं । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले झापाको बिर्तामोडमा सिद्धार्थ ग्राण्ड सिटी होटल संचालनमा ल्याएको हो । तीनतारे स्तरको यो होटलको शनिबार पर्यटन, संस्कृति तथा नागरिक उड्यनमन्त्री योगेश भटटराईले उद्घाटन गरे ।

सिद्धार्थ हस्पिटालिटीले झापाको बिर्तामोडस्थित होटल ग्राण्ड सिटीसँग व्यावसायिक साझेदारी गरी सेवा विस्तार गरेको हो ।

बिर्तामोडको मुख्य बजारमा संचालनमा आएको तीनतारे स्तरीय होटल ग्रान्डसिटीमा ५१ वटा कोठा छन् । स्वीमिङ पुल, खुल्ला बगैचा, सेमिनार हल, हेल्थ क्लब र रुफ टपसहित ५ वटा रेष्टुरेन्ट रहेका छन् । बिर्तामोडमा तीनतारे स्तरीय होटल संचालनपछि पूर्वी नेपालमा पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै भारतको पश्चिम बंगालका पर्यटकलाई समेत आकर्षित गरिने होटलले जनाएको छ ।

सिद्धार्थ ग्रुपले देशका एक दर्जन भन्दा बढी प्रमुख शहरमा हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ । ग्रुपले नेपालगन्जमा चारतारे होटलसहित महेन्द्रनगर, कैलालीको टीकापुर, चिसापानी, सुर्खेत, बुटवल, चितवनको चुम्लिङ्टार, काठमाडौं, ललितपुरलगायत विभिन्न स्थानमा होटल, रिसोर्ट, रेस्टुरेन्ट, क्याफे, ट्राभल, हस्पिटालिटी ट्रेड, कृषि, आइटी कम्पनीलगायत विभिन्न २८ वटा कम्पनी सञ्चालन गर्दै आएको छ । ग्रुपले देशका अन्य स्थान र छिट्टै विदेशमा समेत सेवा विस्तारको तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए ।

सिद्धार्थ ग्रान्ड सिटी होटल उद्घाटन गर्दै मन्त्री भट्टराईले पश्चिम नेपालको टीकापुरबाट हस्पिटालिटी व्यवसाय सुरु गरेको सिद्धार्थ ग्रुपले सेवा विस्तार गर्दै पूर्वी नेपाल आएकोमा खुशी व्यक्त गरे । देशभर होटल रेष्टुरेन्ट र रिसोर्ट सञ्चालन गर्दै सिद्धार्थ ग्रुपले पूर्वी नेपालका प्रमुख पर्यटकीय गन्तव्य पाथीभरा, कञ्चनजंघादेखि इलामको मनमोहक चिया बगान क्षेत्रमा गुणस्तरीय हस्पिटालिटी सेवा पुर्‍याउनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?