Comments Add Comment

पुर्खाको सम्झनामा राजन राईको ‘एउटा तक्मा’

१४ मंसिर, काठमाडौं । प्रदेश-१ का प्रदेशसभा सदस्य राजन राईले गोर्खा भर्ती जाने पुर्खाहरुको सम्झनामा लेखेको गीत ‘एउटा तक्मा’ सार्वजनिक भएको छ । डाक्टर किराँतको संगीत रहेको गीतमा कनकाइष्ट राईले स्वर दिएका छन् ।

राजनीतिसँगै गीत लेख्दै आएका राजन राईले एउटा तक्मामा गोर्खा भर्ती जाने पुर्खाहरुले पाएको कष्ट, दुख र विवशता समेटेका छन् । गीतमा भर्ती भएकाहरुले तक्मा त लिएर आउँछन्, तर कतिले जीवन नै गुमाउँछन् भने कति शरीरका अंग गुमाएर फर्कन्छन् ।

‘एउटा तक्मा झुण्डाएर आउनु भाको थियो रे, दुईटै खुट्टा गुमाएर आउनु भाको थियो रे ।’ हजुरआमाले नातिलाई सुनाएको हजुरबाबाको कहानी गीतमा छ । गाउँमा हुर्किरहेको एउटा नेपाली युवाको जापान जर्मन कसरी दुस्मन भए भन्ने प्रश्नसमेत उठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment