Comments Add Comment

कोरोना भाइरस संक्रमणबाट पोखरामा २ जनाको मृत्यु

१४ मंसिर, काठमाडौं । पोखरामा कोरोना भाइरस संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक/एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१९, कास्कीका ५७ वर्षका पुरुषको मंसिर १३ गते बेलुका ९ः२० बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनियाको समस्या देखिएको थियो ।

पोखरा महानगरपालिका–११, कास्कीका ६० वर्षका पुरुषको आइतबार विहान ५ः४५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

मंसिर ७ गते संक्रमण पुष्टि भएका उनमा निमोनिया, हाइपरटेन्सन र मुटुसम्बन्धी समस्या रहेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment