+
+
Shares

प्रधानमन्त्री ओलीसँग चिनियाँ रक्षामन्त्रीको भेट

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १४ गते १७:१४

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेबीच भेटवार्ता भएको छ ।

आइतबार नेपाल भ्रमणमा आएका फेङ्हेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । हाल रक्षामन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीले नै लिएका छन् ।

प्रधानमन्त्रीसँग भेट गर्नुअघि फेङ्हेले नेपाली सेनाको जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।

उनले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम छ । उनी आइतबारै स्वदेश फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?