
१४ मंसिर, काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङहे राष्ट्रपति कार्यालय, शितल निवास पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आधा घन्टा औपचारिक भेटवार्ता गरेपछि उनी शितलनिवास पुगेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उनले आधा घन्टा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको शितल निवास स्रोतले बतायो । भण्डारीसँगको भेटपछि फेङ्हे सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् ।
प्रधानमन्त्री ओलीलाई भेट्नुअघि उनलाई जंगीअड्डामा सम्मान गारद प्रदान गरिएको थियो भने प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित र सैन्य सहयोगका विषयमा छलफल भएको थियो ।
फेङ्हे आइतबार बिहान साढे १० बजे एक दिने नेपाल भ्रमणमा आएका थिए । विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादलले उनलाई स्वागत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4