+
+
Shares

धनुषामा थप एकजना कोराना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १४ गते १८:४०

१४ मंसिर, जनकपुरधाम । धनुषामा थप एकजना कोराना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला बिहारी नगरपालिका वडा नम्बर-१ भुतहीका ४६ वर्षीय पुरुष छन् । उनको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आइतबार बिहान मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

एक्कासी बिरामी भएपछि ती पुरुषलाई गत मंसिर १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन स्वाब संकलन गर्दा १३ गते शनिबार पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा आइतबार उनको मृत्यु भएको निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले जानकारी दिए ।

उनका अनुसार ती पुरुष मधुमेहका रोगी समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?