Comments Add Comment

स्वदेश फर्किए चिनियाँ रक्षामन्त्री फेङ्हे

विमानस्थलबाट बाहिरिँदै चिनियाँ रक्षामन्त्री । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

१४ मंसिर, काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एक दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेर उनी स्वदेश फर्किएका हुन् ।

आइतबार बिहान साढे १० बजे एक दिने नेपाल भ्रमणमा आएका उनको स्वागतमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । विमानस्थलबाट फेङ्हे नेपालीस्थित चिनियाँ दूतावासमा पुगेका थिए ।

त्यसपछि नेपाली सेनाको जंगीअड्डा पुगेका उनलाई सम्मान गारद प्रदान गरिएको थियो भने प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित र सैन्य सहयोगका विषयमा छलफल भएको थियो ।

सेनापति थापासँगको भेटमा विगतमा घोषणा गरिएका सैन्य सहयोगलाई कार्यान्वयनमा ल्याउने विषयमा छलफल भएको थियो । साथै, कोरोना महामारीका कारण रोकिएको सगरमाथा फ्रेण्डसीप संयुक्त सैन्य अभ्यास सुचारु गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment