Comments Add Comment

३२ करोडमा आलियाले किनिन् नयाँ घर

नायिका आलिया भट्टले मुम्बइमा नयाँ घर किनेकी छिन् । २४६० वर्गफिटमा फैलिएको आलियाको नयाँ फ्ल्याट नायक रणवीर कपुरको फ्ल्याट रहेको अपार्टमेन्टमा छ । रणवीर बान्द्रामा अवस्थित वास्तुपाली हिल कप्लेक्सको सातौ फ्लोरमा बस्दै आएका छन् । आलियाले पाँचौ फ्लोरमा आफ्नो नयाँ फ्ल्याट किनेकी हुन् । भारतीय मिडियाका अनुसार, आलियाले ३२ करोड रकम खर्च गरेर नयाँ फ्ल्याट किनेकी हुन् ।

भारतीय मिडियाका अनुसार, आलियाको नयाँ फ्ल्याट रणवीरको पुर्खौली घर कृष्ण राजको नजिक छ । आलियाले आफ्नो नयाँ घरको डिजाइनको काम गौरी खानबाट गराइरहेकी छिन् । गौरीले सन् २०१६ मा रणवीर कपुरको ब्याचलर पेडको इन्टेरियर डिजाइन गरेकी थिइन् ।

तिहारमा भट्ट परिवारले आलियाको नयाँ घरमा पूजा गरेका थिए । उसो त आलियाले किनेको यो पहिलो घर भने होइन । उनीसँग दुइवटा घर पहिलेदेखि नै छ । उनको उक घर लण्डनको कोवर्ट गार्डेनमा छ भने अर्को घर मुम्बइको जुहुमा छ । आलियाले पहिलो घर १३.११ करोडमा किनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment