+
+
Shares

दुलही केकी

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १५ गते १४:२५

नायिका केकी अधिकारी अहिले पाल्पामा चलचित्र ‘परदेशी २’को छायांकन गरिरहेकी छिन् । चलचित्रमा उनको जोडीको रुपमा प्रकाश सपुतले काम गरिरहेका छन् । साथमा, चलचित्रमा दिलिप रायमाझी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको छायांकन लकडाउनका कारण रोकिएको थियो । निर्माणपक्षले लकडाउन अगाडि ७० प्रतिशत छायांकन सकिएको जनाएको छ । बाँकी दृश्यको छायांकनको काम धमाधम भैरहेको बताइएको छ ।

नारायण रायमाझीको निर्देशनमा तयार भैरहेको चलचित्रमा नायिका केकी अधिकारी दुलहीको भेषमा देखिएकी छिन् । केकीले अनलाइनखबरलाई उपलब्ध गराएको तस्वीरमा उनी बेहुली बनेकी छिन् । तर, केकी चलचित्रमा कसकी दुलही बनेकी हुन् यो भने खुलेको छैन ।

अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको कथामा यो चलचित्र बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?