Comments Add Comment

ओलीको जवाफमा पूरक प्रस्ताव तयार गर्दै प्रचण्ड

१६ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूरक प्रस्ताव पेश गर्ने भएका छन् । उनले उक्त प्रस्ताव सचिवालय समितिको बैठकमा कि स्थायी समितिमा भन्ने अझै टुंगो नभएको नेताहरुले बताएका छन् ।

२८ कात्तिकको सचिवालय बैठकमा प्रचण्डले १७ पृष्ठ लामो प्रतिवेदन पेश गरेपछि त्यसको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर १३ गते ३७ पृष्ठको प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्तावमा ओलीले उठाएका विषयबारे प्रचण्डले पनि लिखित रुपमा नै जवाफ दिन अर्को पूरक प्रतिवेदनको तयारी गरेका हुन् । प्रचण्ड निकट एक नेता भन्छन्, ‘अध्यक्षले आफ्नो जवाफ लिखित रुपमै दिनुहुन्छ, लिखित आरोपको जवाफ मौखिक दिएर त रेकर्ड हुन्न । अर्को कमिटी (स्थायी कमिटी र केन्द्रीय कमिटी) मा छलफलमा लैजान पनि पूरक पत्रको जरुरी हुन्छ ।’

त्यसका लागि प्रचण्डले हिजो (सोमबार) दिनभर ओलीको ३८ पृष्ठको प्रस्तावको अध्ययन गरेका थिए । मंगलबार विहानको समय पनि उनले त्यसमै लगाएका ती नेताले बताए ।

मंसिर १८ गते पार्टीको स्थायी कमिटीको बैठक बोलाएकाले त्यहीँ पेश हुनसक्ने नेताहरुले बताएका छन् । तर ओली पक्षले भने दुबै अध्यक्षको प्रस्तावलाई स्थायी कमिटीमा लैजान नहुने तर्क गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment