+
+
Shares

लक्ष्मी हुण्डाईर्द्वारा ‘क्लिक टु बाइ’ सेवाको सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १६ गते १५:२९

नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि -लक्ष्मी हुण्डाईर्०ले हाल कोभिड-१९को बदलिँदो परिस्थितिलाई सहज बनाउनको लागि सानो प्रयास स्वरुप आफ्नो ग्राहकहरुका लागि एक नौलो बिक्री माध्यमको विकास गरेको छ । यस माध्यममार्फत ग्राहकहरुले सम्पर्क विहिन वा सिमित सम्पर्कमा सजिलै अनलाइनबाट आफूलाई चाहिएको हुण्डाई गाडीे खरिद गर्न सक्नेछन् ।

लक्ष्मी हुण्डाईले काभिड-१९ को सावधानी स्वरुप सामाजिक दुरी कायम राख्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्नको लागि आफ्नो आधिकारिक वेबसाईटबाट ‘क्लिक टु बाइ’ सेवाको सुरुवात गरेका छ । ग्राहकहरुका लागि गाडी खरिदको प्रक्रिया सहज बनाउनको लागि, यस प्रणाली मार्फत ग्राहकहरुले आफूलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मुल्य, छुट तथा अन्य विभिन्न फाइदाहरुको साथै आफुलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको छनौट गरी खरिद गर्न सक्नेछन् ।

ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछि गाडी खरिदका लागि अनलाइनबाट कोटेशन जारी गर्नका साथै ‘क्लि टु बाइ’ पोर्टलमा प्रदान गरिएको भुक्तानी गेटवे मार्फत सजिलै आफुलाई चाहिएको गाडी बुक गर्न सक्नेछन् ।

यसका साथै आवश्यकता परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइनमार्फत गर्न सक्नेछन् अथवा अनलाइन ट्रान्सफर वा चेक मार्फत डिलरसिपलाई बाँकी रकम तिरेर उनीहरूको उपयुक्त स्थानमा गाडीको डेलिभरी लिन सक्नेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले यदि ग्राहकहरुले हुण्डाई ‘क्लिक टु बाइ’ प्रयोग गरी हुण्डाई गाडी खरिद गरेमा र. १०००० को सर्भिस भौचर प्रदान गर्नेछन् । ग्राहकहरुले यस सर्भिस भौचर हुण्डाईका नेपाल भरी रहेका कुनैपनि क्षेत्रीय बिक्री सेवा नेटवर्कबाट स्पेयर पार्टस्/ल्युबरीकेन्टसको खरिदमा प्रयोग गर्न सक्नेछन् । ग्राहकहरुलाई यस सर्भिस भौचरको मान्यता गाडी डेलिभरी गरेको मितिबाट १ वर्षसम्म रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?