+
+
Shares

अर्घाखाँचीमा घरमा एक्लै बस्दै आएकी वृद्धा मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १७ गते ८:०४

१७ मंसिर, काठमाडौं । अर्घाखाँचीमा एकजना वृद्धा मृत फेला परेकी छन् । घरमा एक्लै बसेकी महिला चुल्हो नजिकै शरीको केही ठाउँमा आगोले पोलिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीका अनुसार पाणिनी गाउँपालिका-२ पोखराथोककी ७१ वर्षीय पुतली नेपाली महिला मृत भेटिएकी हुन् ।
केही ठाउँमा आगोले पोलेको भए पनि जलेरै मृत्यु भएको भन्न सकिने अवस्था नभएको डीएसपी बुढाथोकीले बताए ।

शवको प्रकृति हेर्दा मुखबाट रगत पनि बगेको र वान्ता पनि भएकोले अन्य केही कारणले मृत्यु भएको हुनसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?