Comments Add Comment

अदालत पुग्यो उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद

१७ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । परीक्षामा अनियमितता गरेको भन्दै नतिजा खारेज गर्ने त्रिवि सेवा आयोगको निर्णय विरुद्ध परीक्षार्थीहरू अदालत गएका हुन् ।

सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमा २६ परीक्षार्थीले गत २६ कात्तिकले प्रकाशन गरेको नतिजा खारेज गर्न माग गरेका छन् । परीक्षार्थीले उत्तरपुस्तिकामै मोबाइल नम्बर, रोल नम्बर, नाम लेखेर परीक्षाको मर्यादा उल्लंघन गरेको भन्दै आयोगले २४० जनाको परीक्षा रद्द गरेको थियो ।

चिकित्साशास्त्र, इन्जिनियरिङ, कृषि तथा पशु विज्ञान, विज्ञान तथा प्रविधि, अध्ययन संस्थान, मानविकी तथा सामाजिक शास्त्र, शिक्षाशास्त्र, व्यवस्थापन सङ्कायतर्फका विभिन्न परीक्षार्थीको लिखित परीक्षालाई आयोगले अमान्य घोषणा गरेको थियो ।

विज्ञान तथा प्रविधि संस्थानतर्फ सबैभन्दा बढी ७७ जनाको परीक्षा रद्द भएको छ । २८ कात्तिक २०७६ देखि २ पुस २०७६ मा सम्पन्न विभिन्न संकायका उपप्राध्यापक पदको परीक्षा र उत्तरपुस्तिका रद्द गरेको हो ।

आफ्नो माग पूरा गर्न पटक पटक आग्रह गर्दा पनि आयोगले सुनुवाइ नगरेको भन्दै उनीहरू अदालत गएका हुन् ।

यो पनि पढ्नुहोस परीक्षकलाई मोबाइल नम्बर दिएपछि २४० जनाको उपप्राध्यापक परीक्षा रद्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment