Comments Add Comment

११ महिनामा २ लाख २० हजार पर्यटक नेपाल भित्रिए

१७ मंसिर, काठमाडौं । सन् २०२० को ११ महिनाभित्र २ लाख २० हजार १ सय २० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसमध्ये बढी संख्या जनवरी-मार्चसम्म मात्र रहेको छ ।

भ्रमण वर्षका रुपमा सुरुआत गरिएपछि मार्च/अप्रिलपछि नेपालमा लकडाउन सुरु भयो । त्यसपछि भने पर्यटक आगमन बन्द भएको थियो ।

सरकारले गत अक्टोवर १७ बाट पर्यटकका लागि समेत नेपाल खुला गरेपछि भने क्रमशः पर्यटक आगमन बढ्न थालेको नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । बोर्डका अनुसार नोभेम्बर महिनामा मात्र १९४७ जना पर्यटक नेपाल आएका छन् ।

यसअघि अक्टोवरमा १८७४ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । बोर्डका अनुसार नोभेम्बरमा अमेरिकाबाट ४४७, बेलायतबाट २९५ र चीनबा २ सय ९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

भारतबाट १ सय २३ र रुसबाट १ सय २ जना नेपाल आएको तथ्यांक छ । क्यानडाबाट ५८, जापानबाट ३७, दक्षिण कोरियाबाट ३५, अष्टे्रलियाबाट ३४, प|mान्सबाट ३३ र बेल्जियमबाट २८ जना नेपाल भ्रमणमा आएका छन् ।

सन् २०२० मा सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको थियो । तर, कोरोना भाइरसको संक्रमणसँगै उक्त लक्ष्यसहितको भ्रमण वर्षको कार्यक्रम रद्द भएको छ ।

सन् २०२० मा कुन महिनामा कति पर्यटक भित्रिए ?
जनवरी : ७९६८६
फेब्रुअरी : १०१४००
मार्च : ३४०२५
अप्रिल : १३
मे :३०
जुन : १००
जुलाई : १९५
अगस्ट: २६८
सेप्टेम्बर: ५८२
अक्टोवर: १८७४
नोभेम्बर: १९४७

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment