+
+
Shares

मेटलाइफको प्रिमियम कनेक्ट आइपीएसबाट तिर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १७ गते २०:२१

मेटलाइफ नेपालले आफ्नो ग्राहकहरुको प्रिमियम भुक्तानी गर्न अझ सजिलो होस् भनेर अनलाइन सेवाको विस्तार गरेको छ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको नयाँ व्यवस्था अन्तर्गत, मेटलाइफ नेपालका ग्राहकहरुले अब सुरक्षित अनलाइन भुक्तानी गेटवे कनेक्ट आइपीएसमार्फत आफ्नो प्रिमियम भुक्तान गर्न सक्नेछन्।

कनेक्ट आइपीएस सहित सबै अन्य प्रिमियम भुक्तान माध्यमहरू ग्राहकको सुविधाको लागि अझै उपलब्ध हुनेछ। ग्राहकहरूले प्रीमियम भुक्तानी सेक्सनमा मेटलाइफको वेबसाइट भ्रमण गरेर आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले भने, ‘अहिलेको समयमा जब ग्राहकले डिजिटल सेवाहरूको विकल्प खोजिरहेका छन्, हामी कनेक्ट आइपीएससंग साझेदारी गर्न पाउँदा निकै नै खुशी छौं जहाँ उनीहरूले आफ्नो प्रिमियमहरू अनलाइन मार्फत तिर्ने सुरक्षित र सरल वातावरण मिलेको छ। ग्राहक केन्द्रित कम्पनीका रूपमा हामी आफ्ना ग्राहकको सल्लाह र सुझाब अनुसार अघि बढ्ने प्रयास गरिरहेका छौं र हामी ग्राहकहरुको सुविधाका लागि सजिलो र छरितो तरिकाले अझ सरलीकरण गर्ने दिशामा काम गर्न जारी गर्नेछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?