Comments Add Comment

नयाँ केन्द्र निर्धारण भएपछि इस्मा गाउँपालिकाले दियो बिदा

१८ मंसिर, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले नयाँ ठाउँमा केन्द्र निर्धारण भएको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

लामो समयदेखि विवादित रहेको गाउँपालिकाको केन्द्र विवाद गाउँपालिकाको बुधबार बसेको विशेष गाउँसभाको तेस्रो बैठकले मतदानमार्फत टुङ्गो लगाएको थियो । अब नयाँ केन्द्र वडानम्बर-५ को रातापोखरामा केन्द्र निर्धारण भएको छ ।

मतदानमा २१ जनाले पक्षमा र ८ जनाले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका थिए । स्थानीय तहको गठन भएको लामो समय बित्दा इस्मा गाउँपालिकाको केन्द्रको विषयमा विवाद हुँदै आएको थियो ।

केन्द्र  निर्धारणको लागि गाउँसभामा वडानम्बर-५ रातापोखरामा केन्द्र रहनेगरी वडानम्बर-३ नम्बरको फेदिफाट माटाखानीसम्मको प्रस्तावमा भएको थियो । गाउँपालिकाले पटक-पटक केन्द्रको विषयमा छलफल गर्दा पनि केन्द्रको विषयमा सहमति जुटाउन सकेको थिएनन् ।

स्थानीयको गठन हुने समयमा गाउँपालिकाको केन्द्र तोकिएको वडानम्बर-५ को चापटारीमा तोकिएको थियो । तर पछि त्यस स्थानमा विवाद भएपछि लामो समयसम्म केन्द्र विवाद बल्झिँदै आएको थियो ।

लामोसमयसम्म केन्द्र टुङ्गो नलागेपछि केही महिना पहिले नेकपा गुल्मीको जिल्ला पार्टी कार्यालय गुल्मीका बसेको बैठकले गाउँपालिकाको केन्द्र वडानम्बर-५ को आम्बोटदेखी वडा नम्बर-१ को छिनुवासम्म डेढ किलोमिटरको दुरीमा राख्न निर्देशन गरेको थियो । तर त्यस निर्णयलाई भने गाउँपालिकाले कार्यान्वयन नगरी नयाँ ठाउँमा पस्ताव गरेर केन्द्र निर्धारण गरेको छ ।

नयाँ केन्द्र निर्धारण भएको अवसरमा सार्वजनिक संघसंस्था, वडा कार्यालय तथा गाउँपालिकाको कार्यालयमा बिदा दिने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले जानकारी दिए ।

साँझ घरघरमा दीपावली गर्न गाउँपालिकावासीमा अनुरोधसमेत गरिएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment