+
+
Shares

महिला संघले माग्यो गृहमन्त्रीको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १८ गते १३:१६

१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेको छ । बुधबार तनहुँमा पुल उद्घाटन गर्न गाएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बदनियत राखेर प्रहरीले गिरफ्तार गरेको भन्दै गृहमन्त्रीको राजीनामा मागिएको हो ।

‘दोषी उपर कडा कारबाहीको माग गर्दै गृहमन्त्रीको राजीनाको समेत माग गर्दछ’ महिला संघकी अध्यक्ष उमा रेग्मीद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

सरकारले लोकतन्त्रको खोल ओढेर बर्बर तानाशाही प्रवृत्तिको आक्रमण गरेको संघको ठहर छ । दमौलीस्थित बुल्दीखोला उदघाटन गर्न गएका वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा राखेर तीन घण्टापछि छोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?