Comments Add Comment

अन्तर्दृष्टि पुरस्कारको स्थापना

डा. कमल लामिछाने

१८ मंसिर, काठमाडौं । समावेशी (Inclusive)  तथा एकीकृत (Integrated)  शिक्षा कार्यक्रम सञ्चालन भइरहेका विद्यालयमा अध्यापन गराइरहेका शिक्षक र विद्यार्थीलाई प्रोत्साहन दिने उदेश्यले ‘अन्तर्दृष्टि पुरस्कार’ स्थापना गरिएको छ ।

डा. कमल लामिछानेद्वारा स्थापना गरिएको सो पुरस्कार देशभरका तीन सयभन्दा बढी विद्यालयमा अध्यापनरत शिक्षकमध्ये एकजना शिक्षक र सोही विद्यालयमा अध्ययनरत अपाङ्गता विद्यार्थीहरूसँग काँधमा काँध र साथमा साथ मिलाइ हातेमालो गर्दै आएका एकजना अपाङ्गता नभएका विद्यार्थीलाई प्रदान गरिने छ ।

शिक्षकलाई प्रदान गरिने पुरस्कारलाई ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ र विद्यार्थीलाई प्रदान गरिने पुरस्कारलाई ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ घोषणा गरिएको छ ।

साथै पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास एवम् समतामूलक समाजको एक अभिन्न अंग बनाउन भूमिका खेल्ने पत्रकारमध्ये एक जनालाई पुरस्कृत गर्न ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ पनि स्थापना गरिएको डा. लामिछानेले बताए । दश वटा मापदण्डका आधारमा पुरस्कृत व्यक्तिहरुको छनौट गरिने उनले बताए ।

डा. लामिछानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डिसेम्बर ३ लाई सन् १९९२ देखि अपांगता क्षेत्रमा अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । अपांगताप्रति समाजमा विद्यमान नकारात्मक, यदाकदा पूर्वाग्रही र विभेदपूर्ण धारणा अनि सोचमा परिवर्तन ल्याउन सकियोस्; आइसोलेसन (Isolation) को पर्खालको साटो समताको पुल निर्माण गरी सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न सकियोस् भन्नु नै यी उल्लिखित पुरस्कार स्थापना गर्नुको ध्येय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment