Comments Add Comment

वीर अस्पताल र आन्दोलनरत कर्मचारीबीचको वार्ता सहमति नजिक

१८ मंसिर, काठमाडौं । विभिन्न माग राखेर ४६ दिनदेखि आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीचको वार्ता सहमति नजिक पुगेको छ । प्रतिष्ठान तथा अस्पताल प्रशासनले मुख्य माग पूरा गर्न सहमत भएपछि वार्ता सहमति नजिक पुगेको हो।

स्वास्थ्य मन्त्रालयका विशेष प्रतिनिधिको रोहबरमा बिहीबार आन्दोलनरत पक्ष र प्रतिष्ठान पक्षबीच राष्ट्रिय ट्रमा सेन्टरको हलमा वार्ता चलेको थियो।

आन्दोलनरत कर्मचारीहरुले उठाउँदै आएको औषधि खरिद खर्च एक साताभित्र उपलब्ध गराउने, ५० प्रतिशत भत्ता ६ हप्ताभित्र उपलब्ध गराउने सहमति भएको छ । यसअघि नपाएको भनिएको कोभिड जोखिम भत्ता भने बुधबार नै वितरण भएको थियो।

वार्तामा प्रतिष्ठानका तर्फबाट रजिष्ट्रार प्राध्यापक प्रमिला देवान र आन्दोलनकारीको तर्फबाट ऋषिकान्त अर्यालले नेतृत्व गरेका थिए । मन्त्रालयबाट प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले सहजिकरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment