
१८ मंसिर, विराटनगर । सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडानका लागि तयारी थालिएको छ ।
फ्लड लाइट जडानबारे भइरहेको तयारीबारे बिहीबार सामाजिक विकास मन्त्री जीवन घिमिरे रंगशाला पुगेका थिए । सो क्रममा मन्त्री घिमिरेले सहिद रंगशालालाई समयानुकल अत्याधुनिक रंगशालाको रुपमा विकास गरिने बताए ।
विराटनगरलाई खेलकुदको हव बनाउनका लागि काम सुरु भएको उनले बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले फ्लड लाइट जडानका लागि सहिद रंगशालाको प्याराफिटको स्तरोन्नतीमा ध्यान दिइने बताए ।
भारतको मुम्बईस्थित ट्रान्सरेल कम्पनीबाट झिकाइएको लाइट जडानका लागि मुम्बईबाट १, कोलकाताबाट २, सिलगढीबाट ४, आसमबाट ३ जना प्राविधिक आएका छन् ।
गतवर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।
प्रतिक्रिया 4