Comments Add Comment

मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक

१९ मंसिर, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको व्यक्तिगत र मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुक पेज ह्याक भएको छ ।

मुख्यमन्त्री राउतको नाममा रहेको ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक र उनको कार्यालय अन्तर्गत रहको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज शुक्रबार विहान एकसाथ ह्याक गरिएको हो ।

यी दुबै पेज ह्याक गरी कभर र प्रोफाइल फोटो परिवर्तन गरिएको छ । प्रोफाइल फोटोमा युवतीको फोटो राखिएको छ । मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुकमा चाइनिज भाषाको प्रयोग गर्दै युवतीको फोटो राखिएको छ ।

मुख्यमन्त्री सचिवालयका कर्मचारी आतेश मिश्रले बिहान ९ बजेतिर दुबै पेज एकाएकी ह्याक भएको बताए । उनले साइबर क्राइममा यसबारे जानकारी गराइसकिएको बताए । ‘प्रदेश १ को धरानबाट यो पेज ह्याक भएको पाइएको छ,’ उनले भने, ‘थप अनुसन्धान साइबर क्राइमको टोलीले शुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment